Chauthoanga - Nepali News Media
बंगलाचुलीमा तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता फागुन २ गतेदेखि हुने

दाङः दाङको बंगलाचुली गाउँपालिकामा तेस्रो स्थानिय तह स्तरीय राष्ट्रपनि रनिङ सिल्ड प्रतियोगिता फागुन २ गतेदेखि सुरु हुने भएको छ । स्थानिय तह स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष तुलसिराम पुन सुवासको अध्यक्षतामा बसेको बैठकले फागुन २ र ३ गते गाउँपालिकाको वडा नं ७ जबरकोट स्थित सरस्वति मा वि जबरकोटको खेल मैदानमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बंगलाचुली गाउँपालिकाको प्रायोजन तथा सरस्वती मावि जबरको आयोजनामा प्रतिषयोगिता हुन लागेको हो । प्रतियोगितामा बंगलाचुली गाउँपालिका भरका माध्यामिक तथा आधारभुत विद्यालयले भाग लिन पाउने रनिङ सिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष तुलसिराम पुन सुवासले जानकारी दिनुभयो ।

प्रतियोगितामा भलिबल, कबर्डि, ज्याबलिङ थ्रो, रिले दौड, छोटा तथा लामो दौडहरु, हाइजम्प, लङ्गजम्प लगायतका खेलहरु हुनेछन । प्रतियोगितालाइ भव्य र सव्य बनाउन विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएको छ। प्रतियोगिताको उद्घाटन फागुन ३ गते हुनेछ भने समापन ३ गते हुनेछ । खेल अवलोकन गर्नका लागि सम्पुर्ण खेलप्रेमि तथा विद्यालयलाइ आयोजकले आह्वान गरेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १४:५९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको