Chauthoanga - Nepali News Media
बंगलाचुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीको  वडा कमिटी गठन 


कमिरेचौर - राष्ट्रिय स्वतन्त्र पार्टीले बंगलाचुली गाउँपालिकामा संगठन विस्तार गरेको छ । सो पार्टीले बंगलाचुली गाउँपालिकाको वडा नम्वर १ मा वडा कमिटी गठन गरेको छ ।पार्टी समर्थित व्यक्तिहरुको भेलाले नगेन्द्र राज पाण्डेयको सभापतीत्वमा १३ सदस्यीय वडा कमिटी गठन गरको छ । जसको उपसभापतिमा तिलक परियार , सचिबमा देवा पाण्डेय चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा उर्मिला नेपाली, सिन्धु नेपाली,  दिपक नेपाली , गंगा पुन, बिना नेपाली , इन्द्र परियार, गीता परियार, बालिका पाण्डे, बबिता कवर र फुलमति नेपाली रहेका छन् ।

रास्वपाका घोराही उपमहानगरपालिका सभापति श्रीधर पाण्डेयको सभापतित्व एवं लुम्बिनी प्रदेश शिक्षण विभाग प्रमुख सुशील अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश गुनासो विभाग प्रमुख शीला कुमारी केसी, जिल्ला उपसंयोजक रबिन थापा, विजयी क्षेत्रीय प्रतिनिधि आसीम भुसाल, रेनु डांगी, बिमल जैसी पौडेल, स्थानीय अग्रज र बुद्दीजीवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन बिमल जैसी पौडेलले गर्नुभएको थियो । 

प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १८:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको