Chauthoanga - Nepali News Media
यस वर्षको मनसुन नेपाल प्रवेश, देशभर फैलन केही दिन लाग्ने

यस वर्षको मनसुन नेपाल भित्रिएको छ । नेपालको कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भाग, बाग्मती प्रदेशका धेरैजसो भूभाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा मनसुन आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

नेपालको अरु भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने देखिएको महाशाखाले निकालेको विशेष बुलेटिनमा उल्लेख छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी नेपालमा प्रवेश गरेको हो ।

 

नेपालमा जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मानिन्छ  । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजारभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएको छ । विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २ लाख ८६ हजारभन्दा धेरै घरधुरीमा असर पर्ने सम्भावना छ ।प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुनजन्य विपदबाट नागरिकलाई जोगाउन आवश्यक तयारी भइरहेको बताउनु भएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको