Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाले वडा तहमा पुगेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।यस अघि गाउँपालिकाको कार्यालयमै गरिने सार्वजनिक सुनुवाई लाई प्रभावकारी बनाउनका लागि वडातहमै पुगेर गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।  गाउँपालिकाले आज वडा नम्बर ५ र ६ मा पहिलो बर्षको समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्वर पाँच र छ का सरोकारवालाहरुले गाउँपलिकाको विभिन्न क्षेत्रबाट सेवा प्रवाहको वारेमा जिज्ञासा राखेका थिए । स्थानिय कैलाश चन्द्र घिमिरे, नेपाली काग्रेस बंगलाचुली गाउँपालिका वडा नम्वर ५ का सभापती केशव जि सि, सुधा मावी झेलनेटाका प्रधाना ध्यापक ज्ञानेन्द्र ढकाल, युवा नेता शुसिल  परियार, दिलमाया घर्ति, बालिका पुन जिसि, प्रशुराम विष्ट,  लगाएत सेवाग्राहिहरुले विभिन्न जिज्ञासा राखेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासामाथि बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर, उपाध्यक्ष भक्त बहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नंम्वर पाँचका अध्यक्ष लिला बहादुर घर्ति र छका अध्यक्ष डोम बहादुर केसि ,आर्थिक प्रशासन शाखा प्रमुख नारायण आचार्य, योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी, शिक्षा शाखा प्रमुख ओम प्रकाश केसी,  भौतिक पूर्वाधार साखा प्रमुख ईन्जिनियर विकेश न्यौपाने , स्वास्थ्य शाखा प्रमुख इन्द्रा कुमारी घर्ति, , महिला तथा वालवालिका शाखाका कल्पना केसीले र मनमाया खड्काले जवाफ दिनुभएको थियो ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले एकवर्षे प्रगति समिक्षा प्रस्तुत गर्नुभएको थियो । भने प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले कार्यालयको प्रगति समिक्षा प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिकाका प्रशासन साखा प्रमुख गोपाल केसीले गर्नुभएको थियो । गाउँपालिकाले हिजो वडा नम्बर १ र २ मा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको