Chauthoanga - Nepali News Media
सिमेन्ट उद्योग प्रभावित वस्तिका स्थानियको समस्या हलगर्न  बंगलाचुली गाउँपालिकाले थाल्यो पलह 

कमिरेचौर ---बंगलाचुली गाउँपालिका वडा नम्वर ६ का सिमेन्ट उद्योग प्रभावित वस्तिका स्थानियको समस्या हल गर्नका लागि बंगलाचुली गाउँपालिकाले पलह थालेको छ ।सोही अनुरुप आज प्रभावित क्षेत्रका स्थानिय, सिमेन्ट उद्योग विचको संयुक्त छलफल कमिरेचौरमा सम्पन्न भएको छ । 

बंगलाचुली गाउँपालिका न्यायिक समितिको संयोजनमा संयुक्त छलफल गरिएको हो । सिमेन्ट उद्योगले बंगलाचुली गाउपालिका वडा नम्वर ६ का स्थानियको खेत पुरीनेगरी ढुङ्गा,माटो जथाभावी फालिदिएपछी गएको असोजमा आएको बाढीले त्यस क्षेत्रका स्थानियका खेत पुरेपछी उनिहरले  गाउँपालिकाको न्यायिक समितिमा उजुरी हालेका थिए ।
उजुरी पछी बंगलाचुली गाउँपालिका न्यायिक समितिका संयोजक एवं गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको संयोजकत्वमा आज संयुक्त छलफल भएको हो । छलफलले  खानी सञ्चालक,  खानि प्रभवित क्षेत्रका पीडित पक्ष,खानि तथा भूगर्भ का प्राविधिक र गाउँपालिकाको न्यायिक समितिको संयुक्त टोलेली प्रभावित क्षेत्रको अनुगम गरी समस्याको समाधान गर्ने निर्णय गरेको छ । 

छलफल घोराही सिमेन्ट उद्योग , सम्राट सिमेन्ट उद्योगका प्रतिनिधि र खानीबाट प्रभावित वडा नम्बर ६ रिभानका स्थानियवीच भएको हो । सिमेन्ट उद्योगका चुनढुंगा उत्खनन क्षेत्र तापा र थारा बाट फालिएका ढुङ्गा,माटो र गिट्टी खोलामा फाल्दा खोला थुनिएर गत असोज महिनामा आएको वाढिले खेत पुरीदा स्थानियहरु खेती लगाउनबाट बन्चित भएका छन् । 

छलफलमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्बर चारका अध्यक्ष डास बहादुर डाँगी, वडा नम्बर ६ का अध्यक्ष डोम बहादुर के सी, कार्यपालिका सदस्य रमाकुमारी पुन, गणेस विश्वकर्मा, महिला विकास निरिक्षक कल्पना केसि, घोराही सिमेन्ट उद्योगका तर्फबाट अमर सुवेदी, खानि प्रवावित क्षेत्रबाट बासु महरा लगायतको उपस्थिती रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २१:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको