Chauthoanga - Nepali News Media
आत्महत्या न्यूनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम बंगलाचुलीमा सम्पन्न

कमिरेचौर-  समुदायमा प्रहरी साझेदारी अन्तर्गत आत्महत्या न्यूनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम आज बंगलाचुलीको कमिरेचौरमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारबाट स्वीकृत निति तथा कार्यक्रम,प्रदेश प्रहरी कार्यालय दाङले तयार गरेको आत्महत्या न्युनिकरण सम्बन्धि कार्ययोजना, आत्महत्या गर्न सक्ने समुह तथा बर्गको पहिचान, जनचेतनामुलक कार्यक्रम, मनोसामाजिक परामर्श, उत्प्रेणादायी, चेतना अभिवृद्धि लगायत सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ आत्महत्या न्युनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

इलाका प्रहरी कार्यालय कमिरेचौरका असइ सहदेब योगिको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका इन्सपेक्टर शुसान्त मिश्रको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्बर दुइका अध्यक्ष मैते पुन, चारका अध्यक्ष डासबहादुर डाँगी, पाँचका अध्यक्ष लिला बहादुर घर्ती, छ का अध्यक्ष तथा समाजिक विकास समितिका संयोजक डोम बहादुर केसी, कार्यपालिका सदस्य रमाकुमारी पुन वडा नम्बर २ का वडा सदस्य जानिकला देवि सुनार, बंगलाचुली अस्पतालका अहेब शुवास चन्द शेर्पाइलि, सिअहेब दामोदर पुलामी, रेडियो बंगलाचुलीका स्टेशन म्यानेजर जिवन नेपाली महिला तथा बालबालिका शाखाका महिला विकास निरीक्षक कल्पना केसि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा समाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागिहरुले बंगलाचुली गाउँपालिकामा आत्महत्याका घटनाहरु धेरै हुने गरेको बताउदै यसको न्युनिकरण गर्नको लागि सबै आ- आफ्नो ठाउँबाट लाग्नुपर्ने भनाइ राखेका थिए । यस्तै जिल्ला प्रहरी कार्यालय दाङका इन्सपेक्टर प्रहरी निरीक्षक शुसान्त मिश्रले समुदायमा घटेका आत्महत्या सम्बन्धि घटनाको प्रकृति बुझेर त्यहि अनुसारको सचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताउनुभएको थियो ।

यस्तै जिल्ला प्रहरी कार्यालय दाङका इन्सपेक्टर प्रहरी निरीक्षक शुसान्त मिश्रको संयोजकत्वमा आत्महत्या न्युनिकरण सम्बन्धि पालिका स्तरीय समिति समेत गठन गरिएको छ । जसको सदस्यहरुमा शुवास चन्द शेर्पाइलि, कल्पना केसि, दामोदर पुलामी, पुनाराम पन्थी, रमा कुमारी पुन, वासुदेब भण्डारी, जानीकला देबि सुनार, चेतबहादुर डाँगी, जिवन नेपाली र सहदेब योगि रहनुभएको छ ।

+13

See insights and ads

Boost post

Like

Comment

Share

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको