Chauthoanga - Nepali News Media
एकिकृत अखिल नेपाल शिक्षक संगठन बंगलाचुलीको प्रथम पालिका परिषद सम्पन्न

दाङ- एकिकृत अखिल नेपाल शिक्षक संगठन बंगलाचुली कमिटिको प्रथम पालिका परिषद सम्पन्न आज सम्पन्न भएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन बंगलाचुली कमिटिका अध्यक्ष शिशिर कुमार कार्किको अध्यक्षता तथा एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य डोमाकान्त अधिकारीको प्रमुख आतिथ्यतामा बंगलाचुली ३ श्रीवारीमा रहेको महेन्द्र नमुमा माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । केन्द्र र प्रदेश कमिटिको निर्णय अनुसार आज पालिका परिषद सम्पन्न गरिएको हो । आज सम्पन्न परिषदले पालिका स्तरीय कमिटि र महिला विभाग गठन गरेको छ । शिशिर कुमार कार्कीको संयोजकत्वमा ५१ सदस्यीय पालिका स्तरीय कमिटि गठन गरिएको छ ।यस्तै मिना खड्का रिजालको संयोजकत्वमा १५ सदस्यीय महिला विभाग गठन गरिएको छ । जसको सदस्यहरुमा घनि कुमारी खड्का, जिवा भण्डारी, अनुश्री धामि,प्रमिला वली, भुमिका श्रेष्ठ, गिरा वली, राधा शर्मा, भुमा कुमारी गाहा, दुर्गा डिसि र नमा केसि रहनुभएको छ । अन्य ४ जना सदस्य पछि मनोनित गरिने बताइएको छ । त्यस्तै परिषदले चितवनमा हुने महिला विभागको राष्ट्रिय परिषदको लागि जिवा भण्डारी र नमा केसिलाई छनोट गरेको छ । 

कार्यक्रममा प्रविधि मैत्रि विशेष प्रदेशका सदस्य बिन्तिराम नेपाली, संगठनका जिल्ला सदस्य सिता थापा घिमिरे, महिला विभागका जिल्ला सदस्य उमा कुमारी बुढा, सिता मोहरा, पार्टिको तर्फबाट टोमलाल घर्ति र इन्द्रा सार्की, रेडियो बंगलाचुलीका स्टेशन म्यानेजनर जिवन नेपाली लगायत पार्टीका विभिन्न मोर्चाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । एकिकृत अखिल नेपाल शिक्षक संगठन बंगलाचुली कमिटिका उपाध्यक्ष पदम वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव मिन बहादुर राना मगरले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको