Chauthoanga - Nepali News Media
बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाललाई उपाधि
बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाललाई उपाधि बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाली महिला टाेलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल शृङ्खलाकाे उपाधि जितेकाे छ । आज आइतवार ढाकाको कमलपुरमा रहेको वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएकाे खेलमा नेपालले बङ्गलादेशलाई पेनाल्टी शुटआउटमा ४–२ गाेलले हरायाे । निर्धारित ९० मिनेटकाे खेल गाेलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।