Chauthoanga - Nepali News Media
अन्तरबिद्यालय बास्केट बल प्रतियाेगितामा गुरुकुल ए प्रथम

घाेराहि - अन्तरविद्यालय बास्केटवल प्रतियाेगितामा गुरुकल एकेडेमीकाे समूह ए प्रथम भयकाे छ । आज भएकाे फाईनल खेलमा गाेरखा बाेर्डिङलाई ७१ अंकका विरुद्द ८२ अंक लियर गुरुकुल एकेडेमीकाे समूह ए प्रथम स्थान हासिल गर्न सफल भयकाे हाे । गुरुकुल एकेडेमी तथा लायन्स क्लव अफ गुरुकुलकाे संयुक्त आयाेजनामा अन्तरविद्यालय बास्केटवल प्रतियाेगिता भएकाे हाे ।गत श्रावण १९ गतेबाट भयकाे प्रतियाेगिताकाे फाईनल खेल आज भयकाे हाे ।

आज भयकाे फाईनल खेलमा गुरुकुल एकेडेमीका यञ्जल चन्द सबैभन्दा धेरै अंक प्राप्त गर्न सफल भयका छन भने मस्ट भ्यालुयबल प्लेयर आदित्य थकालि बनेका छन । यसै गरि राईजिङ स्टार गाेरखा बाेडिङका सुमन घर्ति भयका छन । बिद्यार्थिहरुलाई खेल क्षेत्रमा बिकसित गराउने तथा लाेप हुँदै गयकाे महत्वपुर्ण खेल बास्केटबल लाई बचाई राख्न र संगसंगै शारिरिक फिट गराउने उद्वेश्यले प्रतियाेगताकाे आयाेजना गरियकाे गुरुकुल एकेडेमीका ईसिय संयाेजक विशालमान श्रेष्ठले जानकारि दिनुभयाे । आाज भयकाे पहिलाे खेलमा जनज्याेति बिद्या मन्दिरले जित हात परेकाे छ । 

नेपाल पुलिस स्कुललाई ३३ अंककाे विरुद्द ३४ अंक लियर जनज्याेति त्यस्राे स्थानमा पर्न सफल भयकाे हाे ।प्रतियाेगितामा ६ वटा विद्यालयबाट ८ वटा समुहले भाग लियकाे थिय ।प्रतियाेगितामा उत्कृष्ट प्रदशर्ण गर्ने सबै खेलाडिलाई ट्रफि प्रदान गरिएकाे थियाे । भने विजेतालाई ट्रफि र प्रमाणपत्रले सम्मान गरिएकाे थियाे । विजेता टिम गुरुकुल एकेडेमी ए काे प्रशिक्षक तथा प्रतियाेगिता ब्यबस्थापनमा बास्केटबल प्रशिक्षक भुगाेल मगर रहनुभयकाे थियाे । प्रतियाेगिता गुरुकुल एकेडेमीकाे बास्केटवल काेर्टमा भएकाे थियाे ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको