Chauthoanga - Nepali News Media
गुजरातलाई हराउँदै  एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटको च्याम्पियन बन्यो नेपाल

ठमाण्डाै – गुजरातलाई हराउँदै नेपालले भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटको उपाधि जितेकाे छ । आज भएकाे फाइनलमा नेपालले गुजरातलाई १८ रनले हराउदै उपाधि जितेको हो ।

नेपालले दिएकाे १ सय ७७ रनकाे लक्ष्य पछ्याएकाे गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमात्र बनाउन सक्याे । गुजरातका उमाङ्ग राेहितकुमारले ४० रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बाेहराले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र कुशल मल्लले समान १ विकेट लिए ।  

यसअघि गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाए । यस्तै आसिफ शेखले ३४ र कुशल मल्लले १३ बलमा नटआउट ३१ रन बनाए । कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए । बलिङतर्फ गुजरातका जयमीत पटेल, शेम पटेल, तेजस पटेल र जाला युवराजसिन्हले समान १ विकेट लिए ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको