Chauthoanga - Nepali News Media
एसिया कप खेल्न नेपाली टोली पाकिस्तान प्रस्थानः सन्दीप  भने  टोलीका साथमा पाकिस्तान गएनन्

काठमाण्डौ  आउदो भदौ १३ गतेदेखि पाकिस्तान र श्रीलङ्कामा हुने एसिया कप क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली पाकिस्तान प्रस्थान गरेको छ ।  नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको छ । नेपाली टोली गएराति त्यसतर्फ प्रस्थान गरेको हो । सन्दीप लामिछाने भने यो टोलीका साथमा पाकिस्तान गएका छैनन् ।  नेपालले एसिया कप अघि पाकिस्तानमा अभ्यास खेल खेल्नेछ ।

पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह मा छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह बीमा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले भदौ १३ गते पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल १८ गते भारतसँग श्रीलंकामा खेल्नेछ । हिजो भएको बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले यो प्रतियोगिताको लागि आफू निकै सकारात्मक रहेको बताएका छन् ।

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानसँग उत्कृष्ट खेल खेल्ने बताए ।  त्यसअघि हिजो राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा खेल्न पाकिस्तान जाने टोलीलाई शुभकामना व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको