Chauthoanga - Nepali News Media
संखुवासभा बाढी : एक जनाको मृत्यु, १६ सम्पर्कविहीन

संखुवासभा — संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढीमा परेर बेपत्ता १८ जना बेपत्ता भएका थिए । त्यसमध्ये २ जना प्रहरीको सम्पर्कमा आएका छन् । १६ जना अझै सम्पर्कविहीन छन् । भेटिएको शवको पहिचान हुन बाँकी रहेको छ । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढी आएको हो ।

बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।  हेवा हाइड्रोपावर काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेको गोदारले बताउनुभयो ।  खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयव । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको छ । खोला किनार क्षेत्रमा–४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको