Chauthoanga - Nepali News Media
जनकल्याण सामुदायिक वनको तिज विशेष तथा वन संरक्षण कार्यक्रम सम्पन्न

कमिरेचौरः रुख रोपौ वन जोगाऔ, प्रकृतिसँग रमाऔ भन्ने मुल नारा सहित दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ६ बचेनीमा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा तिज विशेष तथा वन संरक्षण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सुशील परियारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न प्रतियोगिता पनि गरिएको समुहका कोषाध्यक्ष गुरु विश्वकर्माले जानकारी दिनुभयो । जसअन्तरगत वक्तित्वकला, कुर्सिदौड र घैटा फोर प्रतियोगिता सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै जनकल्याण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शुसिल परियारले पछिल्लो अवस्थामा प्राकृतिक प्रकोप तथा सामाजिक चेतनाको कमिले गर्दा सामुदायिक वनहरु मासिने अवस्थामा पुगेको बताउदै समाजमा त्यस्ता प्रवृतिको अन्त्य गरी सामुदायिक वनको संरक्षण गर्नुपर्ने जिम्मा समुदायकै रहेको बताउनुभएको थियो । कार्यक्रमको सहजिकरण जनकल्याण सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष हिमाल महराले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  २०:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको