Chauthoanga - Nepali News Media
बंगलाचुलीमा ६ जना नेकपा एमाले परित्याग गरी माओवादीमा प्रवेश

कमिरेचौरः नेकपा माओवादी केन्द्रको  ‘जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान’ अन्तरगत आइतबार दाङको बंगलाचुली गाउँपालिकाको वडा नम्बर ७ र ८ को प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र वडा नम्बर ७ का पार्टि अध्यक्ष दुर्गा समालको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य गुणेन्द्र घर्ति मगर विज्ञानको प्रमुख आतिथ्यतामा र माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य तथा दाङ जिल्ला संयोजक तुल्सिराम पुन सुवास सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य गुणेन्द्र घर्ति विज्ञान, प्रदेश सचिवालय सदस्य तथा दाङ जिल्ला संयोजक तुल्सिराम पुन सुवास र पार्टिका बंगलाचुली गाउँकमिटी अध्यक्ष डोमाकान्त कवर मगर, उपाध्यक्ष गिरीराज बाँठाँले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा ६ जना नेकपा एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपार्टि सचिव शोभाराज विश्वकर्माले जानकारी दिनुभयो । वडा नम्बर ८ का नारायण बिश्वकर्माको विषेश पहलमा लक्ष्मि बि क, छविलाल परियार, यानिका नेपाली, मिन बहादुर गाहा र अमर बहादुर पुन नेकपा एमाले परित्याग गरी माओवादीमा प्रवेश गर्नुभएको हो ।

बंगलाचुली गाउँपार्टी कमिटी सदस्य झविन्द्र गाहाँमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा नम्बर ८ का पार्टि अध्यक्ष देविराम गाहा मगरले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको