Chauthoanga - Nepali News Media
जनताले अनुभूति गर्ने गरि काम गर्छौँ: मन्त्री मास्की

तुलसीपुर, - लुम्बिनी प्रदेशका अर्थ मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले जनताले अनुभूति गर्ने गरि विकास गर्ने बताउनुभएको छ । उहाँले अहिले धेरै योजनाहरू समावेश गरेको र बाँकी रहेका योजनाको काम आफ्नो कार्यकालमा पूरा गर्ने बताउनुभयो  ।

त्यसकालागि जनताले साथ दिनु पर्ने उहाँको भनाई छ ।  पश्चिम दाङमा भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताले बिश्वास दिएर मत दिएर विजय बनाएपछि आफू मन्त्री भएको भन्दै जनताको माग अनुरूप काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।  

जनतासंग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत उनले हाल भ्रष्टाचार बिरुद्वको अभियान अन्तरगत गाउँ गाउँमा माओवादीले कार्यक्रम गरिरहेको भन्दै यसमा जनताले साथ दिनु पर्ने बताउनुभयो ।आज दंगीशरण ६ को थपगाउँ,बागर, शान्तिनगर ५ को रगैचालगायतका कार्यक्रमलाई मन्त्री मास्किले सम्बोधन गर्नुभएको थियो । 
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको