Chauthoanga - Nepali News Media
यो बर्ष माथिल्लो सडकमा बजेट हाले, अर्को बर्ष दामोदर सडकमा हाल्छु : मन्त्री मास्की

तुलसीपुर -लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीेले दामोदर सडक कालोपत्रेकालागि आगामी बर्षको बजेटमा ब्यबस्था गर्ने बताउनु भएको छ । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित त्रिशक्ति कृषि सहकारी संस्थाले सञ्चालनमा ल्याएको दुघ्द चिस्यान केन्द्र तथा डेरी शपको उद्घाटन गर्दै मन्त्री मास्कीले बहुबर्षिय बनाएर दुई बर्ष भित्र कालोपत्रे गर्ने आफ्नो योजना रहेको बताउनु भएको हाे । 

पश्चिम दाङको बाघमारे हुँदै हापुरे जोड्ने सडक बीचका सबै खोलामा पुल हालेको र त्यसमा केहीको टेण्डर पनि भइरहेको उहाले बताउनु भयाे । साथै केही खोलाहरुमा केही समयमा टेण्डर हुने समेत उहाको भनाई छ । त्यस्तै माथिल्लो सडक स्तरबृद्धिकालागि पनि आफूले बजेट हालेले टेण्डरको प्रक्रिया अघि बढिसकेको बताउनु भयाे ।

पश्चिम दाङको ठूलो योजनाका रुपमा रहेको दामोदर सडकलाई आगामी बर्षमा बजेट हाल्ने तयारी रहेको उहाकाे भनाइ छ । यो बर्ष नसमेटिएका योजनाहरुलाई आगामी बर्ष समेट्ने गरि तयारी भएको समेत उहाले बताउनु भयाे ।

साथै उहाले किसानहरुले उत्पादन गरेको उत्पादनकालागि चिस्यान केन्द्र स्थापनाकालागि बजेट बिनियोजन गरेको समेत बताउनु भयाे । सोही ठाउँमा सहकारीले एक हजार लिटर क्षमताको चिस्यान केन्द्र स्थापना गरेको हो । जहाँ प्रत्येक दिन साढे दुई सय लिटर दूध उत्पादन हुनेगर्छ । त्यहाँ उत्पादन भएको दूध तुलसीपुरलगायतका बजारमा जानेगर्छ । दुग्ध केन्द्र स्थापना भएसंगै अब विक्री नभएको दूधलाई स्टोरेज गर्न सहज हुने संस्थाका अध्यक्ष ढालबहादुर खत्रीले बताउनु भयाे । 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको