Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा कार्यरत स्थानिय सेवाका कमर्चारीहरु आन्दोलित

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिका मातहतका सम्पूर्ण स्थानिय सेवाका कर्मचारीहरु आन्दोलित भएका छन् । संघीय संसदमा दर्ता हुन लागेको संघीय निजामती सेवा ऐनमा स्थानिय तहमा कार्यरत कर्मचारीहरुले उठाएको माग पुरा नगरेको भन्दै बंगलाचुली गाउँपालिकामा कार्यरत कर्मचारीहरुलले पनि केन्द्रिय संघर्ष समितिले जारी राखेको आन्दोलनमा एक्यवद्धता जनाएका हुन् । बंगलाचुली गाउँपालिकामा कार्यरत स्थानीय सेवाका कर्मचारीहरुले केन्द्रीय संघर्ष समितिले तय गरेको अन्दोलनका कार्यक्रम तालिका अनुसार आज देखि बंगलाचुली गाउँपालिका र यस अन्तर्गतका कार्यालयहरुमा अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्ने र अनिश्चितकालिन रुपमा पेनडाउन गर्ने निर्णय गरिएको बताएका छन् । साथै आन्दोलनका कार्क्रमलाई समर्थन र ऐक्यबद्धता जनाई सफल पार्नको लागि सहयोग गर्न सबैमा अपिल गरिएको छ । भने यस आन्दोलनबाट सेवाग्राहीहरुमा पर्नजाने असुविधा प्रति क्षमा याचना समेत गरिएको छ ।

यसैविच गाउँपालिका स्तरीय कर्मचारी संघर्ष समितिले आन्दोलनमा एक्यवद्धता जनाएको जानकारी पत्र आज पालिका अध्यक्ष तुल्सीराम पुनमगर ,उपाध्यक्ष भक्त बहादुर जिसी र प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेललाई बुझाएका हुन् । बंगलाचुली गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोपाल केसी,योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी,स्वास्थ्य शाखा प्रमुख नेव बहादुर केसी लगाएतका कर्मचारीहरको उपस्थितीमा विरोध पत्र बुझाईएको हो ।

भदौ एक गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले संघिय निजामति सेवा विधेयक, २०८० पारित गरी संघिय संसदमा पेश गर्ने निर्णय गरेको छ । तर उक्त विधेयकमा स्थानीय तहका कर्मचारीहरुको सेवा, सुरक्षा, वृत्तिबिकास लगायतका विषयमा अस्पष्टता भएको भन्दै "प्रशासनिक संघियता कार्यान्वयनको आधार, तिनै तहका कर्मचारीको समान अधिकार" भन्ने मूल नाराका साथ स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले आन्दोलनका विभिन्न कार्यक्रम तय गरी देशैभरी पालिकास्तर, जिल्लास्तर र केन्द्रमा विरोध प्रदर्शन भईरहेको छ ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरूले संघीय निजामती सेवा ऐनको साटो एकिकत निजामती सेवा ऐन जारी गरिनु पर्ने,स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको ने रहने व्यवस्था गरिनु पर्ने , निजामतीको परिभाषा मित्र स्थानिय तहका कर्मचारीहरुलाई समेत समेटिनु पर्ने, विना सहमति ७ सय ५३ स्थानीय तहमा स्वचालित वैज्ञानिक पुर्वानुमानयोग्य र चक्रिय प्रणालीमा सरुवा गरिनु पर्ने ,तिनै तहका कर्मचारीहरुको समान वृत्ति विकासको व्यवस्था गरिनु पर्ने,स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गर्नु पर्ने,स्थानीय सेवाका कर्मचारीहरुलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत उपलब्ध गराउनु पर्ने,जुन सुकै तहमा बहाल रहेको कर्मचारीलाई तिनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनु पर्ने , स्थानीय सेवाका कर्मचारीहरुलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनु पर्ने ,र अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्था गरिनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् ।

+8

See insights

Boost a post

All reactions:

3Kailash Paudel, Deepak Pun and 1 other

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको