Chauthoanga - Nepali News Media
दाङको बंगलाचुलीमा अटो दुर्घटना,एकै परिवारका एकको मृत्यू ४ जना घाईते

कमिरेचौर- दाङको बंगलाचुीमा अटो दुर्घटना हुँदा एक वृद्धाको ज्यान गएको छ ।दुर्घटनामा परी एकै घरका चार जना घाईते भएका छन् । बंगलाचुली गाउँपालिका वडा नम्वर ५ झेलखोल भन्ने स्थानमा रा १ ह २४०१ नम्वरको अटो दुर्घटना हुँदा सोही ठाउँ निवासी ५५ वर्षिया विवा बुढा मगरको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरका प्रमुख प्रहरी सहायक निरिक्षक सहदेव योगिले जानकारी दिनुभयो ।  

उहाँका अनुसार दुर्घटनामा परी बंगलाचुली गाउँपालिका वडा नम्वर ५ झेलखोल निवासी  एकै परिवारका वर्ष ३६ का मतिराम बुढा,वर्ष ३० का ऋखिराम बुढा, वर्षा ४० का मान बहादुर बुढा र वर्ष २६ का हिरा घर्ती घाईते हुनुभएको छ । घाईतेहरुलाई उद्धार गरी उपचारका लागि राप्ति स्वाथ्य विज्ञान प्रतिष्ठान घोराही पठाईएको प्रहरी सहायक निरिक्षक योगीले जाकारी दिनुभयो ।उहाँहरु झेलखोल गाउँबाट बंगलाचुली ५ मा रहेको मुर्कुटी बजार तर्फ आउँदै गर्दा अटो दुर्घटनामा परेको हो । अटो सडक बाट झण्डै एक किलोमिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

अटो मध्यान्न सवा १२ बजेको समयमा दुर्घटना भएको हुन सक्ने अनुमान गरीएको छ । अटोका चालक प्युठान माण्डवी गाउँपालिका २ वडार निवासी वर्ष ४० का गेम बहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको