Chauthoanga - Nepali News Media
बंगलाचुली अस्पताल दाङको विशेष अस्पतालका रुपमा विकास गछौं : अध्यक्ष पुन

कमिरेचौर - बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनमगरले बंगलाचुली अस्पताललाई जिल्लाकै नमूना विशेष अस्पतालका रुपमा विकास गर्ने बताउनुभएको छ । आज अस्पतालले आयोजना गरेको  नवनियुक्त कर्मचारीहरुको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो बताउनुभएको हो ।  दाङको दुर्गम पहाडी क्षेत्रको स्वास्थ्य सेवाको अवस्था हरेक नागरिकसम्म पहुँचमा पुर्याउनका लागि गाउँपालिकाले आवश्यक संरचना र जनशक्तिको व्यवस्थापनसँगै सेवाको अवस्था मजबुत बनाउन प्रयारत रहेको बताउनुभयो ।

371523302_243970208453063_127433819105937481_n1700652754.jpg

दाङको दुर्गम पहाडी क्षेत्र स्वास्थ्य  सेवाको अवस्था अस्पतालको संचालन सँगै सुधारोन्मुख रहेकोले आवश्यक जनशक्ति व्यवस्थापन सँगै अस्पताल नागरिक स्वास्थ्य सेवालाई मजबुत बनाउने उहाँको भनाई थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले आवश्यक जनशक्ति व्यवस्थापनको अभावका कारण अस्तपालको  सेवा प्रवाहको अवस्थामा सन्तोषजनक नभएकोले अब उक्त बाध्यतावाट अस्पताल र नागरिकले मुक्ति पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । जसले अब बंगलाचुली मात्रै नभई छिमेकी जिल्ला प्यूठानसम्मका सर्वसाधारणहरुले सेवा पाउने उहाँको विश्वास थियो । कार्यक्रममा अस्पतालका नवनियुक्त डाक्टर प्रकाश वलीले नागरिक स्वास्थ्य सेवाका लागि आफ्नो ज्ञानसीपको उचित प्रयोग गरि नागरिकको स्वास्थ्य सेवालाई सहज बनाउने बताउभयो  ।

370270142_1097166078045417_4295883174788979624_n1700652737.jpg

अस्पतालले अस्पतालका नवनियुक्त डा. प्रकाश वली र रेडियोग्राफर रेणु जि.सी.लाई स्वागत गरेको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा स्वागत कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,गाउँपालिकाका प्रवक्ता एवं वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा,गाउँपालिकाका लेखा शाखा प्रमुख नारायण आचार्य,वडा नम्वर चारका वडा सदस्य दिपक परियार लागएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नेवबहादुर केसीले गर्नुभएको थियो ।  

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको