Chauthoanga - Nepali News Media
नेपालमा  स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन हुँदै

काठमाडौं-  स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलन नेपालमा हुने भएको छ । यही चैत्र २८, २९ र ३० गते शिखर सम्मेलन गर्न लागेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

दिगो विकास लक्ष्य हासिल हुनेगरी स्वास्थ्य क्षेत्रको रणनीतिक योजनालाई अझै प्रभावकारी बनाउनका लागि आवश्यक धारणा तय गर्न सो शिखर सम्मेलन आयोजना गरिएको परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले जानकारी दिनुभयो । सम्मेलनले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने सो शिखर सम्मेलनमा देश तथा विदेशबाट गरी करिब एक हजारभन्दा बढी स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येता सहभागिता रहने पनि सो परिषद्ले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको