Chauthoanga - Nepali News Media
आरजु देउवाको नयाँ दिल्लीको म्याक्स अस्पतालमा शल्यक्रिया
तस्बिर: आरजु देउवाको सचिवालय।

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा पत्नी तथा पार्टी केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा उपचार गरिएको छ।

आरजुको बुधबार हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको उनका स्वकीय सचिव कमल रावलले जानकारी दिनुभयो । 

गत चैत २ गते आरजु नयाँदिल्ली जानुभएको थियो ।  दुई वर्षदेखि उहाँले नयाँ दिल्लीका अस्पतालमा फलोअप गरीरहनुभएको थियो । 

आरजुको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै रहने उहाँको सचिवालयले जनाएको छ। 

433198737_958162352339165_3820826388971202196_n-1711608646.jpg

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको