Chauthoanga - Nepali News Media
दाङको राप्ती प्रतिष्ठानमा अत्याधुनिक युरोलोजी उपचार शुरू

दाङ -  दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा घाेराहीमा युरोलोजी सेवालाई थप प्रभाबकारी बनाउन नयाँ अत्याधुनिक मेसिन जडान गरिएको छ ।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनुदानकोरुपमा सहयोगस्वरुप प्रतिष्ठानलाई अहिलेको नयाँ प्रबिधीकोरुपमा थुलियम् मेसिन प्रदान गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र प्रदेश स्वास्थ्य सचिब डा. जनार्दन पन्थिले संयुक्तरुपमा प्रतिष्ठानका उपकुलपती डा. बिकास लामीछाने र रजिस्ट्रार प्राध्यापक श्याम लम्साललाई मेसिन हस्तान्तरण गर्नु भएको हो ।

यो मेसिन देशका सिमित अस्पतालहरूमा मात्र रहेको र अब लुम्बिनी प्रदेशका जनताले युरोलोजी सेवा लिन काठमान्डौ धाउनु पर्ने अवस्थाको अन्त्य हुने रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले बताउनु भयो ।

युरोलोजि सेवालाई ब्यबस्थित, सुरक्षित, प्रभाबकारी बनाउन यो मेसिन प्रदेश स्वास्थ्य मन्त्रालयको सहयोगमा प्रतीष्ठानमा थप गरिएको युरोलोजीष्ट डा. प्रबोध रेग्मीले बताउनु भयो । यो मेसिन जडान भइ सन्चालनमा आईसकेको छ । मेसिनको सहायतामा किड्नि , नलि र पिसाब थैलिको पत्थरि फुटाल्न, प्रोष्टेडको ग्रन्थि र क्यान्सरको जोखिम भएको मासु निकाल्न पनि सकिने छ ।

युरोलोजीष्ट डा. रेग्मिले सन २०१९ देखि यो मेसिन बिश्वमा प्रयोग भएको जानकारी दिदै छिटाे छरितो ढङ्गबाट मिर्गौलामा भएका हरेक किसिमका ढुङ्गा फुटाउन सकिने बताउनु भयो । उहाँले अरु भन्दा धेरै राम्रो शक्तिशाली मेसिन प्रतिष्ठानमा आएको भन्दै अन्य मेसिन भन्दा यो धेरै प्रभाबकारी रहेको पनि जानकारी दिनुभयो । उहाँले मेसिन जोडिएसंगै युरोलोजि सेवा लिन अब अनेत्र जानु नपर्ने भन्दै सबै सुबिधा प्रतिष्ठानमा रहेको पनि बताउनु भयो ।

मुलुकका ५ वटा अस्पतालमा मात्रै थुलियम् मेसिन जडान गरिएको भन्दै डा. रेग्मीले बिर हस्पिटल काठमाडौं र बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा अहिलेसम्म नरहेको सेवा दाङबाट दिन थालीएको पनि बताउनु भयो । साथै उहाँले यो मेसिनबाट बिरामीको अप्रेसन सुरक्षित, भरपर्दो र बिश्वासिलो रहेको पनि उल्लेख गर्नु भयो ।

डा. रेग्मीका अनुसार प्रतिष्ठानमा युरोलोजी सेवा अन्तरगत हालसम्म ३ सय साना तथा ठुलो अप्रेसन गरिएको र सबै अप्रेसनहरु सफल भएका छन । जसअनुसार गएको भदौदेखि हालसम्म डेढ सय मृगौलामा भएको पत्थरिको अप्रेसन गरिएको छ भने प्रोष्टेडसहित अन्य युरोलोजि सेवा डेढ सय जना बिरामीलाई दिइएको छ । प्रदेश स्वास्थ्य मन्त्री राजु खनालले प्रतिष्ठानलाई मेसिन हस्तान्तरण गर्दै आफु दङ्गालिबासी भएकाले पनि मन्त्रालयको सहयोगमा सेवा थप गरिएको बताउनु भयो ।

दाङकै मन्त्री र स्वास्थ्य सचिब भएको बेला प्रतिष्ठानलाई अरु सहयोगलाई पनि निरन्तरता दिइने बताउनु भयो । त्यस्तै प्रदेश स्वास्थ्य सचिब डा. जनार्दन पन्थिले प्रदेश स्वास्थ्य मन्त्रालयबाट मेसिन सहयोग गरेर सेवा बिस्तार गर्न पाँउदा खुसी लागेको बताउदै आफु प्रतिष्ठानको सेवाग्राही पनि भएकाले सबै प्रकारका सेवा थपमा सहयोग हुने बताउनु भयो ।

प्रतिष्ठानका उपकुलपती डा. बिकास लामीछानेले प्रतिष्ठानलाई मेसिन सहयोग गरेकोमा स्वास्थ्य मन्त्री राजु खनाल, प्रदेश स्वास्थ्य सचिब डा. जनार्दन पन्थिसहित प्रदेश सरकारलाई धन्यवाद दिदै आउदा दिनमा पनि सहयोग जारी राख्न आग्रह गर्नु भयो । उहाँले एमबिबिएसको कक्षा सन्चालनको तयारिको लागि प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालय दाङको कार्यालय भबन प्रतिष्ठानलाई हस्तान्तरण गर्ने निर्णय गरेकोमा प्रदेश स्वास्थ्य मन्त्री, सचिबलाई पनि धन्यवाद दिनु भयो ।

प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक लम्सालले प्रदेश स्वास्थ्य मन्त्रालयको २ करोडको अनुदान सहयोगमा मेसिन प्राप्त गरिएको र सेवा बिस्तारलाई थप सहयोग मिलेको बताउनु भयो । त्यस्तै प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले नयाँ मेसिन प्रतिष्ठानले प्राप्त गरेकोमा खुसी लागेको बताउनु भयो ।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  २०:३७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको