Chauthoanga - Nepali News Media
मन्त्रीद्वारा प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन

दाङ- लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर १९ विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गर्नुभएको छ । त्यस अवसरमा मन्त्री मास्कीले  आयुर्वेदलाई समय सापेक्ष बनाउनुपर्ने बताउनुभयो ।

उहाँले एलोपेथिक भन्दा आयुर्वेद उपचार पद्धति न पहिले जन्मेको भन्दै यसलाई ब्यबस्थित बनाउनु पर्ने बताउनुभयो ।“आयुर्वेदिक पुरानो उपचार विधि हो”,उहाँले भन्नुभयो “यसलाई समय सापेक्ष बनाउन आबश्यक छ ।”

साथै उक्त अस्पताललाई ५० सैयाको बनाउने गरि प्रक्रिया अघि बढाएको समेत मन्त्री मास्कीको भनाई छ । त्यसकालागि आबश्यक पूर्वाधार तथा जनशक्ति ब्यबस्थापन गर्न तर्फ आफू लागिरहेको उहाँले बताउनुभयो । 

हाल अस्पतालमा दैनिक एकसय जना जतिले सेवा लिइरहेको अस्पतालका निर्देशक डा. सन्तोष ठाकुरले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय आयुर्वेद पद्धतिबाट उपचार गर्नेहरु बढिरहेका छन् । अस्पतालमा हाल व्यायामशाला, अग्नी कर्म, जलौका कर्म, नियमित योगा, पञ्चकर्म, फिजियोथेरापी लगायतका सेवाहरू रहेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १५:१५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको