Chauthoanga - Nepali News Media
निर्माणाधिन बंगलाचुली -घोराही बैकल्पिक सडक खण्डको ओखलढुङ्गीमा रहेको कडा चट्टान नेपाली सेनालाई  बल्लास्टिङ गर्न दिईने

कमिरेचौर -दाङको बंगलाचुली गाउँपालिकाको जुम्लेपानी-ओखलढुङ्गि अर्जा-गहतेरा-डाबर हुदै घोराही जोड्ने निर्माणाधीन सडक खण्डको ओखलढुङ्गीमा रहेको कडाचट्टानलाई ब्लास्टिङ गरी हटाईने भएको छ । बंगलाचुली गाउँपालिकामा रहेका विभिन्न सिमेन्ट उद्योगका कच्चा पदार्थ चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरु संचालनका लागि बैकल्पिक मार्गकोरुपमा निर्माण गर्नलागेको सो सडकलाई नेपाली सेनाले व्लास्टिङ गर्ने गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले जानकारी दिनुभयो । 

411001929_2023251228033395_1276259118228884656_n1702816416.jpg
ब्लास्टिङ गर्ने ओखलढुङ्गिको आज बंगलाचुली गाउँपालिका र नेपाली सेनाको टोलिले संयुक्तरुपमा अनुगमन गरेको छ । ओखलढुङ्गी क्षेत्रमा धेरै मात्रामा चट्टान भएकोले अरु विधिबाट सडक निर्माण गर्न सम्भव नभएपछि नेपाली सेनालाइ ब्लास्टिङ गरेर निर्माण गर्न दिने निर्णय भएको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन सुवासले जानकारी दिनुभयो । अनुगमनको क्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष पुनले उक्त मार्ग निर्माण गर्न गाउँपालिकाले स्काभेटर लगाएर धेरै प्रयास गरेपनि सम्भव नदेखेपछि अन्तिम विकल्पको रुपमा नेपाली सेनालाइ जिम्मा दिने निर्णय भएको बताउनुभयो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगर र केशब कार्किको कमाण्डमा भैरहवाबाट आएको नेपाली सेनाको टोलीले अनुगमन ओखलढुङ्गिको अनुगमन गरेको हो ।  अनुगमनको क्रममा नेपाली सेनाको कमाण्ड गरी आउनुभएका केशब कार्कीले स्काभेटरले काट्न नसकेको  चट्टान फोर्ने जिम्मा सेनालाइ दिने गरी गाउँपालिकाले गरेको निर्णयको प्रसंसा गर्नुभएको थियो । उहाँले उक्त स्थानमा ब्लास्टिङको लागि कठिन नभएको र सजिलै सँग निर्माण गर्न सकिने प्रतिक्रिया समेत दिनुभएको छ । उहाँले अब सेनाले आवश्यक प्रक्रिया थाल्ने र गाउँपालिकाले गर्नुपर्ने प्रक्रियाको बारेमा उहाँले जानकारी गराउनुभएको थियो । कार्किले लगभग एक महिना समय लाग्ने उहाँले बताउनुभयो ।

410052476_3562619810643127_8823950153117276605_n1702816447.jpg

अनुगमनका क्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्बर २ का वडा अध्यक्ष मैते पुन ,वडा नम्बर ३ का अध्यक्ष शक्षभाराज विश्वकर्मा, ४ का अध्यक्ष डाँस बहादुर डाँगी, बंगलाचुली गाउँपालिकाका सव इन्जिनियर शक्ति जिसी, प्राविधिक शाखाका ऋषिकेश क्षेत्रि, ल्वाङ्गे भत्कुले सामुदायिक वनका अध्यक्ष चित्रकान्त पुलामी,निवर्तमान वडा नम्वर ४ का अध्यक्ष नारायण डाँगी लगायतको सहभागिता रहेको थियो ।

यसैविच बंगलाचुली गाउँपालिकाको आज बसेको गाउँकार्यपालिका बैठकले उक्त बैकल्पिक मार्ग ओखलढुङ्गी क्षेत्रको चट्टान कटानको लागि जिल्ला सुरक्षा समितिमा सिफारिस गर्ने निर्णय गरेको छ । साथै उक्त कटानमा लाग्ने खर्चको व्यवस्थाको लागि प्रदेश पुर्वाधार प्राधिकरण सँग समन्वय गर्ने निर्णय भएको बंगलाचुली गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको