Chauthoanga - Nepali News Media
गढि बहुद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारणसभा सम्पन्न

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिकामा रहेको गढि बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो साधारणसभा आज कमिरेचौरमा सम्पन्न भएको छ । गढि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नारायण डाँगीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा लेखा समितिका संयोजक कमल कवर मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीको गत असार सम्मको सेयर पुजि २ लाख २२ हजार रहेको संयोजक कवर मगरले जानकारी गराउनुभएको थियो ।

संस्थाका सञ्चालक समिति सदस्य जिवन नेपालीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रको सहजिकरण सचिव कुशुम पुन मगरले गर्नुभएको थियो ।सहकारीको कार्यक्षेत्र अहिले बंगलाचुली गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ रहेको र अब विस्तारै सबै वडामा कार्यक्षेत्र विस्तार गरिने सहकारीका अध्यक्ष नारायण डाँगीले बताउनुभयो । साथै सेयर सदस्य पनि वृद्धि गर्ने उहाँले जानकारी दिनुभयो । साधाणसभाले सहकारीको कार्यसमिति सदस्यमा पुनम विश्वकर्मालाइ मनोनयन गरेको छ । साथै लेखा समिति र शिक्षा समिति समेत गठन गरिएको छ । अम्मर सिंह पुन संयोजक रहेको लेखा समितिको सदस्यहरुमा मधुसुदन गिरी र भागेश्वर घर्ति रहनुभएको छ । यस्तै शोभाराज विश्वकर्मा संयोजक रहेको शिक्षा समितिमा गिता पुन र खगा तिवारी सदस्य रहनुभएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको