Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न,विभिन्न ७ वटा विधेयक पारित

कमिरेचौर - बंगलाचुली गाउँपालिकाको दोस्रो गाउँसभा तथा चौथो हिउँदे अधिवेशन आज सम्पन्न भएको छ ।बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सरीराम पुनमगरको सभाअध्यक्षतामा गाउँसभा सम्पन्न भएको थियो । 

गाउँसभाले विभिन्न ७ वटा विधेयकहरु पारित गरेको गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो । पारित विधेयकहरुलाई गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष,विषयगत समितिका संयोजक तथा सदस्यहरुले प्रस्तुत गर्नुभएको प्रवक्ता विश्वकर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार सभामा गाउँपालिकाको अर्धवार्षिक प्रगति समिक्षा सम्वन्धी विधेयक २०८० गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगरले प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी बंगलाचुली गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक वजेट कार्यक्रम संशोधन सम्वन्धी विधेयक २०८० उपाध्यक्ष भक्त बहादुर जिसीले प्रस्तुत गर्नुभएको थियो  । 

गाउँसभामा न्यायिक समितिको प्रगति सम्वन्धि विधेयक २०८० समितका सदस्य गणेश विश्वकर्मा, बंगलाचुली गाउँपालिकाको  आर्थिक वर्ष २०७४।०७५ देखि २०८०।०८१ सम्मको वजेट विनियोजन तथा खर्चको अध्ययन तथा विश्लेशन एवं समिक्षा सम्वन्धी सार्वजनिक लेखा समितिको प्रतिवेदन सम्वन्धी विधेय २०८० गाउँपालिकाका सार्वजनिक लेखा समिति संयोजक लोक बहादुर खत्रीले प्रस्तुत गर्नुभयो गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो । 

त्यसैगारी बंगलाचुली गाउँपालिकाको  चालु आर्थिक वर्ष २०८०।०८१ को गाउँ कार्यपालिकाको वैठकको निर्णय अनुमोदन सम्वन्धी विधेयक २०८० पालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले, बंगलाचुली गाउँपालिकाको  खानेपानी सरसफाई तथा स्वच्छता सम्वन्धी विधेयक २०८० सामाजिक विकास समितिका संयोजक डोम बहादुर केसी र बंगलाचुली गाउँपालिकाको चालु आर्थिक ऐन २०८० संशोधन सम्वन्धी विधेयक २०८० आर्थिक विकास समितिका संयोजक झविन्र्स बहादुर गाहा मगरले प्रस्तुत गर्नुभएको थियो । 

यसैविच गाउँसभाको समापन समारोहलाई सम्बोधन गर्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बंगलाचुली गाउँपलिकाले आफ्नो गौरवको योजनाको रुपमा अधि बढाएको एकघर एकधारा कार्यक्रमलाई प्रभावकारीरुपमा लैजानेगरी गुरुयोजना अधी बढाएको बातउनुभयो । अध्यक्ष पुनले बजेटअभावमा एकघर एकधारा तिव्ररुपमा अधि बढ्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आगामिदिनहरुमा योजना सम्पन्न गर्नका लागि गाउँसभाले धेरै ढोकाहरु खुलेको बताउनुभयो ।अध्यक्ष पुनमगरले गाउँपालिकाको विकासका लागि विभिन्न तहबाट साथ सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।  

गाउँपालिकाको अर्धवार्षिक प्रगति समिक्षा

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको