Chauthoanga - Nepali News Media
बंगलाचुलीमा माघ १७ गते देखि चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिकामा यहि माघ १७ गतेदेखि चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु हुने भएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन सुवासको अध्यक्षतामा हिजो मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।प्रतियोगिता बंगलाचुली गाउँपालिका वडा नम्बर १ स्युजामा अवस्थित श्री महेन्द्र माध्यमिक विद्यालयय बोझपोखराको खेल मैदानमा हुने बताइएको छ । 

बंगलाचुली गाउँपालिकाको प्रायोजन तथा महेन्द्र  माध्यमिक विद्यालय स्युजा बोचपोखराको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा भलिबल, कबर्डि, ज्याबलिङ थ्रो, रिले दौड, छोटा तथा लामो दौडहरु, हाइजम्प, लङ्गजम्प लगायतका खेलहरु हुने आयोजक महेनद्र माध्यमिक विद्यालय स्युजा बोचपोखराका प्रधानाध्यापक मोतिराम डाँगिले जानकारी दिनुभयो ।

बैठकले चौथो गाउँपालिका स्तरीय  राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना सञ्चालन तथा समन्वय गर्न गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको संयोजकत्वमा व्यवस्थापन तथा निर्देशन समिति गठन गरेको छ ।जसको सदस्यहरुमा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्बर १ का वडा अध्यक्ष विष्णु कवर, शिक्षा साखा प्रमुख ओम प्रकाश केसि, प्रहरी प्रतिनिधि टेक बहादुर खड्का, जिल्ला खेलकुद विकास समितिका ध्रुब आचार्य, महिला शिक्षक नारायणि पौडेल, तुल्सि वाग्ले, शिक्षक खगराज लम्साल, शिशर कार्कि, खेल प्रेमि निरन्जन घर्ति मगर , जिल्ला खेलकुद परिसदका भिम बहादुर डाँगि रहनुभएको छ ।  साथै प्रतियोगितालाइ भव्य र सव्य बनाउन विभिन्न समिति तथा उपसमितिहरु गठन गर्ने जिम्मेवारी विद्यालयलाइ दिने निर्णय भएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको