Chauthoanga - Nepali News Media
वडा नम्बर ८ मा टोल स्तरीय महिला तथा पुरुष भलिबलमा प्रतियोगिता सम्पन्न

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ८ को आयोजनामा हिजोदेखि सुरु भएको  टोल बिकास संस्था स्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता आज समापन भएको छ ।  वडा नम्बर ८ का वडा अध्यक्ष  झविन्द्र गाहा मगरको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिको प्रमुख आतिथ्यतामा आज समापन भएको हो । 
प्रतियोगितामा वडा नम्बर ८ का पुरुष तर्फ ७ वटा र महिला तर्फ पनि ७ वटा टिमको सहभागिता रहेको थियो ।प्रतियोगितामा पुरुषतर्फ हाँसिपुर टोल बिकास संस्था प्रथम भएको छ । यस्तै टिकुलिगढ टोल बिकास संस्था द्धितिय र पाँचपोखरी टोल विकास संस्था तृतिय भएको बताइएको छ भने महिला तर्फ पाँचपोखरी टोल विकास संस्था प्रथम, स्याला टोल विकास संस्था द्धितिय र चिसापानी टोल विकास संस्था तृतिय भएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु ८ हजार, द्धितिय हुने टिमले ६ हजार र तृतिय हुने टिमले रु ४ हजार नगद ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको वडा अध्यक्ष झविन्द्र बहादुर गाहा मगरले जानकारी दिनुभयो । खेल अवधिभरी उत्कृष्ट खेल प्रदर्शन गर्ने पुरुषतर्फ निमराज सारु मगर र महिला तर्फ बिखि गमाललाई उत्कृष्ट खेलाडी घोषणा गरिएको वडा अध्यक्ष गाहा मगरले बताउनुभयो । समापन कार्यक्रममा वडा नम्बर ८ का सम्पुर्ण वडा सदस्यहरु तथा स्थानियहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको सहजिकरण नारायण विश्वकर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको