Chauthoanga - Nepali News Media
बंगलाचुलीमा जनयुद्धका सहिद परिवारलाई सम्मान

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाले सहिद दिवसको अवसरमा आज जनयुद्धाका सहिद परिवारलाई सम्मान गरेको छ ।बंगलाचुली गाउँपलिकाले आज एक कार्यक्रमको आयोजना गरी सहिद परिवार,घाईते व्यक्ती तथा उनका परिवार र वेपत्ता परिवारलाई सम्मान गरेको हो । बंगलालचुली गाउँपालिका भरका सहिद परिवार,घाईते व्यक्ती तथा उनका परिवार र वेपत्ता परिवारलाई सम्मान गरेको हो । 

गाउँपालिकाले २५ जना सहिद परिवार,३६ जना घाईते परिवार र ६ जना वेपत्ता परिवारलाई सम्मान गरेको हो । गाउँपालिकाले प्रतिव्यक्ति ३५ सय नगद र न्यानोसल वितरण गरेको हो । यस मध्य आजको कार्यक्रममा सहभागि हुन नसकेका १४ जनालाई पनि सो रकम र सल दिन बाँकीरहेको छ ।  बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा सम्मान कार्यक्रम भएको थियो । सो कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले देशमा परिवर्तन ल्याउनका लागि आफ्नो जीवनको आहुती दिने सहिद,घाईते तथा वेपत्ता परिवारका आफन्तिलाई सम्मान गर्नु उहाँहरुको सम्मान भएको बताउनुभयो । अध्यक्ष पुनमगरले उहाँहरुको योगदानले देशमा यति ठुलो परिवर्तन आएको बताउनुभयो । 

अध्यक्ष पुनले जीवनको आहुती दिने सहितहरुको कारण अहिलेको व्यवस्था परिवर्तन भएको बताउँदै अबको यात्रा आर्थिक क्रान्तिको रहेको बताउनुभयो । आर्थिक क्रान्तिका लागि हरेक क्षेत्रमा व्यक्तिहरु तयार हुनुपर्नेमा समेत जोड दिनुभयो ।    

यसैविच कार्यक्रममा बोल्दै सहिद,घाईते तथा वेपत्ता परिवारका व्यक्तिहरुले आफ्नो शन्ततिहरुले गरेको योगदानलाई गाउँपालिकाले कदर गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।  उनिहरुले दिगोशान्ति अमनचयन कायम र देशको विकास हुन सके आफ्नो तथा आफ्नो परिवारले गरेको योगदानको कदर तथा उनिहरुको सपना पुरा हुने बताएका छन् ।

साथै उनिहरुले देशमा परिवर्तन ल्याउन ज्यानको आहुति दिएका सहिद,घाईते तथा व्यपत्ता व्यक्ति तथा परिवारलाई राज्यले उपेक्षा गर्न नहुने भन्दै यसमा राज्य तथा स्थानियसरकार सचेत बन्नु पर्नेमाग गरेका छन् । कार्यक्रममा घाईतेका तर्फबाट रमाकुमारी पुन, कुमारी नेपाली,सहिद परिवारका तर्फबाट पवित्रा घर्ती,बावुराम पौडेल,निम बहादुर सार्की,पिडित चित्रा कुमारी दमाई लगाएतले बोल्नुभएको थियो । बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको स्वागत मनतव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुख कल्पना केसीले गर्नुभएको थियो । 

कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रमखु प्रशासकीय अधिकृत चन्द्र कान्त पौडले,वडा नम्वर दुईका अध्यक्ष मैते पुन,तिनका अध्यक्ष शोभाराज विश्वकर्मा, चारका अध्यक्ष डाँस बहादुर डाँगी,पाँचका अध्यक्ष लिला बहादुर घर्ती,छ का अध्यक्ष डोम बहादुर केसी,सातका अध्यक्ष गिर बहादुर थापा र आठका अध्यक्ष झविन्द्र गाहा लागएत सम्पूर्ण कार्यपालिका सदस्यको सहभागिता रहेको थियो ।  

लागएत सम्पूर्ण कार्यपालिका सदस्यको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  २१:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको