Chauthoanga - Nepali News Media
'वसन्त'

प्रकृतिप्रेमी मन अनि पालुवा पर्खेको रुखलाई जब,
शिशिरको हावा भित्र्याउँछ वसन्त 
पर्दैन खुसी खोज्नलाइ अन्त । 

मञ्जु पालुवा र फूलैको बन 
न्यानो घाम अनि खुलेको गगन 
दुःख सुख साथमा हिउँद वसन्त,
प्रकृति बोल्छ मनुष्य जीवन । 

छुन्छ आकाश उडेर चरी
डाँडा वारी त पारी घरी
किन खै न्याउली अझै रोइरहेछ,
सायद फूलरसको नशामा परी
वा सृष्टी स्वभावैले फेरी पर्खेर झरी । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको