Chauthoanga - Nepali News Media
विद्यालय वरपर मदिरा नवेच्न महेन्द्र नमुना मावि श्रीवारीकाे अनुराेध 

कमिरेचौर- दाङको बंगलाचुली गाउँपालिकामा रहेको एक  विद्यालयले वद्यालय वरपर मदिराजन्य पदार्थ विक्रि नगर्न आग्रह गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ श्रीवारीमा  रहेको महेन्द्र नमुना माध्यामिक विद्यालय श्रीवारीले विद्यालय वरपर विद्यार्थीलाई सुर्तिजन्य पदार्थ, मदिरा तथा लागु औषध बिक्रि नगर्न व्यवसायीहरुलाई अनुरोध गरेको हाे । विद्यालयको नजिक रहेका पन्त टोल तल्लो बजार र कमिरेचौरमा रहेका व्यवसायीलाई यस्तो अनुरोध गरिएको हो ।पछिल्लो समय विद्यालय आउने  विद्यार्थीहरु सुर्तिजन्य पदार्थ, मदिरा तथा लागु औषध खाने गरेकाे पाईएपछि वद्यालयले एक सार्वजनिक सूचना जारी गरि यस्तो अनुरोध गरेकाे हाे ।   विद्यालय व्यवस्थापन समितिकाे बैठक वसी नसालुपदार्थ  बिक्रि नगर्न अनुरोध गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर बुढाले जानकारी दिनुभयाे ।बालकालिकालाई संरक्षण र सहि बाटोमा हिडाउने जिम्मा समाजमा रहेका रहेर व्यक्तिको दायित्व भएकोले बेचबिखन नगर्न अनुरोध गरिएको प्रधानाध्यापक बुढाले बताउनुभयो । आगामी दिनमा यस्तो तथ्य फेला परेमा विद्यालय परिवार कार्बाहीको लागि कानुनी प्रक्रियामा जाने बताइएको छ ।

विज्ञप्तिः 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको