Chauthoanga - Nepali News Media
बंगलाचुलीमा पनि ११४ ‌औ अन्तरराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिकामा पनि महिला लगानीः सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराका साथ ११४ ‌औ अन्तरराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । साझा विकास मुल समिति, कमिरेचौर महिला बचत तथा ऋण सहकारी संस्था र बंगलाचुली गाउँपालिका वडा नम्बर ३ र ४ को संयुक्ता आयोजनामा कार्यक्रम गरी दिवस मनाइएको हो । कमिरेचौर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दुर्पता पौडेलको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन सुवासको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रम सुरुहुन भन्दा पहिले कमिरेचौर बजारमा र्र्यालि समेत निकालिएको थियो । दिवसको अवसरमा महिलाहरुको लागि भिविन्न प्रतियोगिताको समेत आयोजना गरिएको थियो । वडा नम्बर ३ र ४ का छुट्टा छुट्टै लोक दोहोरी प्रतियोगिता र घइटाफोर प्रतियोगिताको आयोजना गरिएको थियो । जसमा प्रथम पुरस्कार ३५ सय द्धितिय २५ सय र तृतिय पुरस्कार १५ सय राखिएको थियो  

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले राज्यले अहिले महिलाहरुको हक अधिकारलाइ नजिकबाट नियालेको जानकारी दिनुभयो ।उहाँले बंगलाचुली गाउँपालिका भित्र रहेका हरेक महिलाको हक अधिकार सुनिश्चित गर्नको लागि गाउँपालिकाले विभिन्न तालिम तथा कार्यक्रमको आयोजना गरेको बताउनुभयो । 

यस्तै उपाध्यक्ष भक्त बहादुर जिसिले गाउँपालिकामा सञ्चालन हुने कार्यक्रममा महिलाको सहभागिता बढाउने बताउनुभयो । महिला अधिकार सम्पन्न गर्न हरेक ठाउँमा महिलालाई अवसर दिनुपर्ने बताउनुभयो । उहाँले गाउँघरमा हुने महिला हिंसाको अन्त्य गर्न हरेक घरघरबाट सुरु गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शोभाराज विश्वकर्मा, वडा नम्बर ३ का वडा सदस्य टिका विक, हरिप्रसाद घर्ती शुसिला खत्रि, वडा नम्बर ४ का वडा सदस्य तथा कार्यपालिका सदस्य नारायणि गिरी, मिना परियार, समाज विकास सञ्जालका कार्यक्रम व्यवस्थापक बासुदेव भण्डारी, सहकर्मि समाज नेपालका पुनाराम पन्थि लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण उमा बुढाले गर्नुभएको थियो ।


यस्तै बंगलाचुली गाउँपालिका वडा नम्बर २ मा पनि ११४ ‌औ अन्तरराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । बंगलाचुली गाउँपालिका वडा नम्बर २ को आयोजनामा कार्यक्रम  सम्पन्न भएको थियो । वडा नम्बर २ का अध्यक्ष मैते पुनको अध्यक्षता तथा भगवतिसिल आमा समुहका अध्यक्ष रश्मि बोहोराको प्रमु आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । दिवसको अवसरमा महिलाको लागि नृत्य प्रतियोगिताको आयोजना गरिएको हो । कार्यक्रमको सहजिकरण वडा नम्बर २ का सचिव बिन्दु शर्माले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  २०:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको