Chauthoanga - Nepali News Media
हेर्नुहाेस् आजको माैसम विवरण

काठमाडौं- जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाका अनुसार आज  देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोसी बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ् सहित हल्का वर्षा भइरहेको छ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ। कोसी प्रदेशका केही स्थानहरूमा, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

काेसी प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशभर आंशिक बदली रहने छ। काेसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको