Chauthoanga - Nepali News Media
माओवादीका जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

दाङ- (माओवादी केन्द्र) का संसदीय दलका नेता जोखबहादुर महरा लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री बन्नुभएको छ । लुम्बिनी प्रदेश सभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेश सभा सदस्यको समर्थनमा महरा मुख्यमन्त्री बन्नुभएको हो । महरालाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

 प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

महरालाई नेकपा (एमाले) का २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समाजवादी पार्टीका तीन, नेकपा (एकीकृत समाजवादी) का एक र एक जना स्वतन्त्र सांसदको समर्थन छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हिजो राजीनामा दिनुभएको थियो । लुम्बिनी प्रदेश सभामा ८७ सदस्य रहेका छन् ।


 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको