Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा ‍आधारभुत तह कक्षा ८ को अन्तिम नतिजा सार्वजिनक

कमिरेचौर- दाङको बंगलाचुली गाउँपालिकाले शैक्षिक सत्र २०८० को आधारभुत तह कक्षा ८ को अन्तिम नतिजा सार्वजिनक गरेको छ । यहि चैत १४ गतेदेखि २० गते सम्म सञ्चालन भएको परिक्षाको नतिजा आज सार्वजनिक गरिएको बंगलाचुली गाउँपलिका शिक्षा शाखा प्रमुम ओम प्रकाश केसिले जानकारी दिनुभयो । सार्वजनिक नतिजा अनुसार गाउँपालिका भरबाट करिब ८० प्रतिशत विद्यार्थी पास भएको शाखा प्रमुख केसिले जानकारी दिनुभयो । पालिका भित्रका १२ वटा विद्यालयबाट ४ सय ८३ जनाले फारम भरेकोमा ४ सय ७६ जना विद्यार्थीले परिक्षा दिएका थिए । ति मध्ये ३ सय ८२ जना विद्यार्थी उतिर्ण भएका छन भने ९४ जना विद्यार्थी नन ग्रेड अर्थात फेल भएका छन । 

१२ विद्यालय मध्ये ३ वटा विद्यालयमा शत प्रतिशत विद्यार्थी उतिर्ण भएका छन । आधारभुत विद्यालय दाङबाङ, महेन्द्र आधारभुत विद्यालय तापा र डाँफे आधारभुत विद्यालय चिउरी डाँडाँमा शत प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । प्रतिशतको आधारमा सबैभन्दा कम महेन्द्र नमुना माध्यमिक विद्यालय श्रीवारीको ५४ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन ।उक्त विद्यालयमा ३९ जना विद्यार्थीले परिक्षा दिएकोमा २१ जना मात्र उतिर्ण भएको शिक्षा शाखा प्रमुख केसिले जानकारी दिनुभयो । यस्तै नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योगका लागि यहि बैशाख ६ गतेसम्म आफुले अध्ययन गरेको सम्बन्धित विद्यालयमा निवेदन पेस गर्न सकिने उहाँले बताउनुभयो ।साथै विद्यालयले ३ दिनभित्र सिफारिस सहित परिक्षा समितिमा पेस गर्न उहाँले आग्रह गर्नुभयो । आधारभुत तह कक्षा ८ को परिक्षा स्थानिय सरकारले लिने व्यवस्था रहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको