Chauthoanga - Nepali News Media
युद्धकैबीच युक्रेनमा दुई सैनिकले सैन्य पोसाकमै विवाह गरे
married_couple_dw9mSAcoSs.jpg

युक्रेनमा दुई सैनिकले युद्धमा खटिएकै बेलामा विवाह गरेका छन् । उनीहरुले सैनिक पोसाकमा नै विवाह गरेका हुन् । रुसको आक्रमणपछि  युक्रेनमा त्रास छ, डर छ । सेनासहित देशका नागरिकाहरु सुरक्षाका लागि जुटेका छन् । 

दिनहुँ रुसको बमबारीले युक्रेनको राजधानी किएभ भताभुङ्ग भएको छ । युक्रेनी सेना रुसको सेना विरुद्ध लडिरहेका छन् । तर, यहीबीचमा किएभ नजिकैको क्षेत्रमा क्षेत्रीय रक्षा बलका दुई सैनिकले विवाह गरेका हुन् । बम पड्केको आवाजकाबीच विवाह सम्पन्न भएको छ । सामान्यतया अरु बेला हुने विवाह उत्सवभन्दा विल्कुलै फरक अवस्था र परिस्थितिमा विवाह सम्पन्न भएको छ।  

युद्धका कारण गर या मरको अवस्थामा उनीहरुले विवाहको निर्णय लिनुलाई  आश्चर्य समेत मानिएको छ । लिसया फिलिमोनोभा र भलेरी फिलिमोनोभ वलेरीले सानो जमघटमा विवाह गरेका हुन् । यो विवाह उत्सवले उनीहरु र उनीहरुको साथीलाई केहीबेर भए पनि खुशी मिलेको खबरमा भनिएको छ । उनीहरुका साथीले अप्ठ्याराेकाबीच पनि बजागाजा बजाएर रौनक बढाएका थिए।

सेनाका विवाह गर्ने जोडी नै रुस विरुद्ध युद्धमा छन् । उनीहरुले युनिफर्म लगाएर नै विवाह  गरे ।  विवाहपछि नव दुलहा र दुलही फेरि पनि रुस विरुद्धको युद्धमा जुटेका छन् । ११ दिनसम्मको युद्धलै त्रासमा रहेका त्यहाँका नागरिकलाई विवाहको यो खबरले केही खुशी दिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको