Chauthoanga - Nepali News Media
भारतीय कांग्रेसको नयाँ नेतृत्व छान्न आज चुनाव हुँदै,

एजेन्सी- भारतीय कांग्रेसको अध्यक्षको लागि आज चुनाव हुँदैछ । आज मतदान भएसँगै २२ वर्षसम्म गान्धी परिवारमा रहेको कांग्रेसको नेतृत्व अब गान्धी परिवारबाट बाहिर जाने पक्का भएको छ ।

कांग्रेस आईको अध्यक्षको लागि मल्लिकार्जुन खड्ने र शशि थरुर प्रतिस्पर्धामा हुनुहुन्छ । खड्गेलाई गान्धी परिवारको समर्थन रहेको छ । नेतृत्व चयनको लागि आज मतदान हुने र पर्सि मतगणना हुने बीबीसी हिन्दीले जनाएको छ । मतदानमा देशभरका ९ हजार ८ सयभन्दा धेरै प्रतिनिधि सहभागी हुनेछन् ।

अध्यक्ष पदका दाबेदार खड्गे र थरुरले कांग्रेसको खस्किँदो अवस्थालाई सुधार गर्ने र आउँदो चुनावमा विजयी बनाएर देशको नेतृत्व गर्ने दाबी गरेका छन् । नेतृत्व छान्न २२ वर्षमा पहिलो पटक हुन लागेको चुनावलाई भारतसहित संसारभरका प्रजातान्त्रिक देशबाट निकै महत्त्वका साथ हेरिएको छ । 

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  ०९:४०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको