Chauthoanga - Nepali News Media
बजेट आज प्रस्तुत हुने
बजेट आज प्रस्तुत हुने सरकारले आज आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण (बजेट) सार्वजनिक गर्दै छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा दिउँसो ४ बजे करिब १७ खर्ब रुपियाँ हाराहारीको बजेट प्रस्तुत गर्न लाग्नुभएको हो। राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले बजेटमार्फत अनावश्यक खर्च कटौतीको नीति अख्तियार गर्ने तयारी गरेको छ। अर्थमन्त्री महतले...
नेपाल एअरलाइन्सले १२ हजार ७ सय रुपैयाँमै मलेसिया–भैरहवा उडाउने
नेपाल एअरलाइन्सले १२ हजार ७ सय रुपैयाँमै मलेसिया–भैरहवा उडाउने राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । त्यस अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।
सरकार मनसुनजन्य विपद्को पूर्वतयारीमा
सरकार मनसुनजन्य विपद्को पूर्वतयारीमा नेपाल सरकार आउँदो मनसुनका समयमा हुनसक्ने विपद्जन्य घटना व्यवस्थापनको पूर्व तयारीमा जुटेको छ । आउँदो मनसुनमा सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि निश्चित क्षेत्रमा अधिक र निश्चित क्षेत्रमा कम वर्षा हुनसक्ने अवस्थालाई समेत मध्यनजर गरी आवश्यक तयारीमा सरकारले काम थालेको छ ।