Chauthoanga - Nepali News Media
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज साढे ११ बजे बस्नेगरि सचिवालय बैठक बोलाउनुभएको हो । बैठकमा पार्टीको एक वर्षे अभियान, समसामयिक राजनीति लगायतबारे छलफल हुने बताइएको छ । एमालेले आगामी असारदेखि एक वर्षे पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्दैछ ।

मंसिरमा भएको संसदिय निर्वाचन र हालै भएको उपनिर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेपछि एमाले अहिले संगठन विस्तार एवं सुदृढिकरण अभियानमा केन्द्रित छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको