Chauthoanga - Nepali News Media
प्युठानको स्वर्गद्वारी दर्शन गरेर दाङ तर्फ फर्कदै गरेको कार दुर्घटना, ८ जनाको मृत्यु UPDATE

दाङ - प्युठानको स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर दाङ तर्फ फर्कदै गरेको कार दुर्घटना ८ जनाको मृत्यु भएको छ । मृतक सबै दाङका रहेका छन् ।  लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका -४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको थियो । 

दुर्घटनामा परी दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल,उहाँहका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उहाँकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली र उनीहरूकै ९ बर्षका छोरा आदित शाहको मृत्यु भएको हो । १ जना बालकको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको