Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा संयुक्त गठबन्धन विजयी ,अध्यक्षमा माओबादी केन्द्र र उपाध्यक्षमा काग्रेस

दाङ: बंगलाचुली गाउँपालिकामा संयुक्त गठबन्धनले विजयी हाँसिल गरेकोछ । जसअनुसार बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट भक्तबहादुर जीसी निर्वाचित हुनुभएको छ ।

अध्ययक्ष पुन ५ हजार ७४९ मत ल्याउँदै निर्वाचित हुनुभएको हो । उहाँका  निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भेषराज खत्रीलाई २ हजार ७१ मत अन्तरले हराउनुभएकोछ । एमालेका उम्मेदवार खत्रीले ३ हजार ६ सय ७८ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जिसी विजयी हुनुभएकोछ ।  जिसिले ५ हजार ९ सय ४५ मत ल्याउनुभएकोछ । भने एमालेकी उम्मेदवार सरस्वती घर्तीले ३ हजार २६५ मत ल्याउनुभएकोछ।बंगलाचुली गाउँपालिकामा नेकपा एमाले क्लिन स्विप भएकोछ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा बंगलाचुलीमा अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादी केन्द्रले जितेको थियो । यसपटक नेकपा माओबादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए । ८ वटा वडाहरुमध्ये कांग्रेस र माओवादीले चार–चारवटा वडा जितेका छन् ।

जसअनुसार बंगलाचुली गाउँपालिका वडा नम्बर १ मा नेपाली काग्रेसका विष्णु कुवर,२ मा मैते पुन , ४ मा डाँस बहादुर डाँगी , ६ मा डोम बहादुर केसी रहनु भएको छ । त्यसैगरी नेकपा माओबादी केन्द्रले बंगलाचुली गाउँपालिका वडा नम्वर ३ मा शोभराज विश्वकर्मा,५ मा लिला बहादुर घर्ती (लिलेश) रहनुभएको छ ।

उहाँ तत्कालिन नेकपा माओबादी का जनमुक्ति सेनाका सेक्सन कमान्डर समेत रहि सक्नु भएको छ। त्यसैगरी वडा नम्बर ७ मा गिर बहादुर थापा र ८ मा झविन्द्र गाहाले वडा अध्यक्षमा विजयी प्राप्त गर्नुभएकोछ । बंगाचुली गाउँपालिकामा कूल १० हजार ७ सय ३३  मत खसेको थियो । त्यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्षका उमेद्वार सञ्जय वलीले ५७, उपाध्यक्षका उमेद्वार अनिता पाण्डेले ५३, नेशनल मंगोल अर्गनाईजेशनका अध्यक्ष पदका उमेद्वार गीताकुमारी पुनले १५ र उपाध्यक्षका उमेद्वार शालिकराम सार्कीले १६ मत प्राप्त गर्नुभएको छ ।

बंगलाचुली गाउँपालिकाको सम्पूर्ण मत परिणामको विवरण 

तुल्सीराम पुनमगर (शुवास)को संक्षिप्त राजनितिक जिवनी

तत्कालिन लोहारपानी गाउँविकास समितिमा वि.स.२०३८ साल भदौ १४ गतेका दिन बुवाको गोकर्ण बहादुर पुनमगर र आमा लाली पुनको कोखबाट जन्मनुभएको हो ।

वि.ए सम्मको औपचारिक शिक्षा प्राप्त गर्नभएका पुन २०४६ साल देखि कम्युनिष्ट राजनीतिमा लाग्नुभएको थियो ।२०५३ सालमा नेकपा माओबादीको पूर्णकालीन सदस्य भई छापामार दलमा सहभागि भई सक्रिय राजनीतिक यात्रामा लाग्नुभएको थियो ।

तुल्सीराम पुन मगर शुवास तत्कालिन नेकपा माओबादी बाट  पूर्व जनमुक्ति सेनाका बटालियन कमिसार हुँदै विग्रेड कामान्डर भई आफ्नो विभिन्न कठिन राजनितिक यात्रामा सरिक हुनुभएको छ ।

शान्ति प्रकृयामा आईसकेपछि २०६३ सालमा नेकपा माओबादीको दाङ जिल्लामा सेक्रेटरी,नपाल कम्युनिष्ट पार्टी (नेकपा)हुँदा दाङ जिल्ला सचिव र हाल नेकपा (माओबादी केन्द्र) को दाङ जिल्ला संयोजक तथा लुम्बिनि प्रदेश कमिटी सदस्य समेत रहनुभएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०९:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको