Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिका द्वारा सिमेन्ट खानी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

कमिरेचौर- बंगलाचुली गाउँपालिकाले सिमेन्ट उद्योग प्रभावित वस्तिका स्थानियको खेतको स्थलगत अवलोकन गरेको छ । बंगलाचुली गाउँपालिका,खानी प्रभावीत क्षेत्रका स्थानिय र सिमेन्ट उद्योगका प्रतिनिधिहरुको संयुक्त टोलीले आज बंगलाचुली गाउँपालिका वडा नम्वर ६ को रिभानखोला, वडा नम्वर ३ को दाङवाङ खोलामा रहेको खेतहरुको प्रत्येक्ष अवलोकन गरेको हो ।

364708103_998591507999183_2948936655650303368_n1690806052.jpg

सिमेन्ट खानी क्षेत्रबाट फालिएको ढुङ्गा,माटोलाई बाढिले बगाएर लैँजादा बंगलाचुली गाउँपालिका वडा नम्वर तिन र छ का स्थानियको खेतमा प्रत्यक्ष क्षती पुर्याएको भन्दै त्यहाँका स्थानियले गाउँपालिकाको न्यायीक समिति समक्ष समस्या समाधानका लागि पहल गर्न भन्दै निवेद दिएका थिए । 

त्यस लगतै गाउँपालिकाले पहिलो चरणमा खानि प्रभावित क्षेत्रका स्थानिय र उद्योगको विचमा छलफल गराई सकेको र सोही सहमति अनुसार आज प्रभावित क्षेत्रका स्थानियहरुको खेतमै पुगेर क्षतिको अवलोकन गरेको हो ।  घोराही सिमेन्ट उद्योग र सम्राट सिमेन्ट उद्योगक्षेत्रबाट फालिकएको कचेरा ढुंगा वाढीले बगाई स्थानियले लगाएको वालीनालीमा पुगेर प्रत्यक्ष असर गर्नुका साथै जग्गामा समेत कटान भईरहेको उनिहरुको दावी छ । 

364711505_998591827999151_2051618474820075254_n1690806079.jpg
अनुगमन टोलीले बंगलाचुली गाउँपालिका वडा नम्वर ६ र ३ का डोम बहादुर महरा,नर बहादुर घर्ती क्षत्री ,डोम बहादुर केसी , वासुदेव महरा, दोर्ण बहादुर महरा,धरम बहादुर महरा, खग बहादुर महरा, डण्डीराम महरा, मुक्तीराम घर्ती, हेमराज घर्ती क्षेत्री ,गोपीराम खत्री, झग बहादुर खत्री क्षेत्री ,मालिका देवी डाँगी , गिर बहादुर खत्री,नम बहादुर डाँगी , खिम डाँगी ,वसन्त बहादुर घर्ती ,खिम बहादुर महरा ,ठाकुरा प्रसाद डाँगी ,डोम बहादुर महरा ,तिलका डाँगी,हिमलाल वली,धन बहादुर डाँगी,मधु डाँगीको जग्गा तथा खेतको अवलोकन गरेको छ । 

363384464_998591661332501_6604581101898396999_n1690806152.jpg

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर, उपाध्यक्ष भक्त बहादुर जिसी,वडा नम्वर तिनका अध्यक्ष शोभाराज विश्वकर्मा र चारका अध्यक्ष डाँस बहादुर डाँगी ,वडा नम्वर ६ का अध्यक्ष डोम बहादुर केसी, घोराही सिमेन्ट उद्योगका जन सम्पर्क अधिकृत अमर सुवेदी,स्याम भाट, सम्राट सिमेन्ट उद्योगका टंक भट्ट, स्थानिय अगुवा वासुदेम महरा, यज्ञ बहादुर महरा,खिम बहादुर महारा,देवा जीसी,दोर्ण बहादुर महरा सहितको सयुक्त टोलीले प्रभावीत क्षेत्रको अवलोकन गरेको हो ।

यसैविच प्रभावित क्षेत्रका स्थानियलाई राहात दिने विषयमा केही दिनभित्रै संयुक्त बैठक बाट सहमति गर्ने तयारी भएको छ । खानि प्रभावित क्षेत्रका स्थानियले क्षेति भएका जग्गाहरुको लगत लिई सिमेन्ट उद्योगहरुले प्रचलित दर भाउमा जग्गा खरिद गर्नुपर्ने माग राखेका छन् ।  

363368460_998591944665806_6153383757816526055_n1690806201.jpg

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको