Chauthoanga - Nepali News Media
दाजुकाे अस्तु सेलाउन गएका दाङका एक व्यक्ति नारायणी नदिमा बगेर बेपत्ता

दाङः दाजुको अस्तु सेलाउन गएका दाङ तुलसीपुर उपमहानगरपालिका१२ कौवापुरका लोकेन्द्र भुसाललाई नारायणी नदीले बगाउँदा बेपत्ता हुनुभएको छ ।बिहिबार दाजु रेमन्तको अस्तु देवघाटमा सेलाउन गएका लोकेन्द्रलाई नारायणी नदिले बगाएको हो ।

रेमन्तका फुपूका छोरा ३२ वर्षीय लोकेन्द्रलाई आज बिहान नारायणी नदीले बगाएको चितवन प्रहरीलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता लोकेन्द्रको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

तुलसीपुर१२ को रझेनामा साउन १५ गते बेलुका मोटरसाइकल र स्कुटर ठोकिँदा गम्भीर घाइते हुनुभएका रेमन्तको उपचारका क्रममा गत बुधवार भारतको लखनउमा ज्यान गएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको