Chauthoanga - Nepali News Media
५ सय ३५स्थानियतहको मत परिणाम सार्वजनिक । हेर्नुहोस् पुरा विवरण
सांकेतिक तस्वीर

काठमाण्डाै : स्थानिय तह निर्वाचन २०७९ अन्तर्गत हालसम्म ५ सय ३५ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १ सय ५५ वटा नगरपालिका र ३ सय ८० वटा गाउँपालिका गरी ५३५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो ।

कांग्रेस
अहिलेसम्म नेपाली कांग्रेस २४२ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८१ नगरपालिकाको मेयर र १६१ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । 

यस्तै कांग्रेसले ६१ वटा नगरपालिकाको उपमेयर र १६६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २२७ पालिका जितेको हो । कांग्रेसले २ हजार १९२ वटा वडाध्यक्ष पद जितेको छ ।

एमाले 
एमाले दोस्रो स्थानमा कायमै छ । एमालेले अहिलेसम्म ४६ वटा नगरपालिकाको मेयर र १०३ वटा गाउँपालिकाको अध्यक्ष गरी १४९ वटा पालिकाको प्रमुख पद जितेको छ ।

यस्तै एमालेले ५७ वटा नगरपालिकाको उपमेयर, १०१ वटा गाउँपालिकाको उपाध्यक्ष गरी उपमेयर तथा उपाध्यक्ष १५८ वटा जितेको छ । एमालेले एक हजार ७१५ वटा वडाध्यक्ष जितेको छ ।

माओवादी 
नेकपा माओवादी केन्द्रले १६ वटा नगरपालिकाको मेयर र ८६ वटा गाउँपालिकाको अध्यक्ष गरी १०२ वटा पालिकाको प्रमुख पद जितेको छ । माओवादी केन्द्रले २४ वटा नगरपालिकाको उपमेयर, ८४ वटा गाउँपालिकाको उपाध्यक्ष गरी १०८ वटा उपमेयर/उपाध्यक्ष जितेको छ । माओवादीले अहिलेसम्म ९१९ वटा वडाध्यक्ष पद जितेको छ । 

नेकपा ( एकीकृत समाजवादी)
नेकपा एकीकृत समाजवादीले ४ वटा नगरपालिकाको मेयर जितेको छ । जनता समाजवादी पार्टीले १३ वटामा र अन्यले २५ वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका छन् । त्यस्तै उपमेयर तथा उपाध्यक्षमा एकीकृत समाजवादीले ६, जनता समाजवादी पार्टीले ११ र अन्यले २५ वटा पालिकामा जितेका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ११:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको