Chauthoanga - Nepali News Media
बाराको  चुरियामाई नजिकै बस दुर्घटना हुँदा सात जनाको ज्यान गयो

बाराः बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिकै बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् ।

भारतीय तीर्थयात्री बोकेको बस पशुपतिनाथको दर्शन गरी काठमाण्डौबाट जनकपुर जाँदै थियो । मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा चार जना महिला र तीन जना पुरुष गरी ६ जना भारतीय नागरिक र एकजना नेपालीको ज्यान गएको बाराका प्रहरी प्रमुख होविन्द्र बोगटीले जानकारी दिनुभयो । घाइते १८ जनाको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०८:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको