Chauthoanga - Nepali News Media
तडकभडक र खर्चिलो तरिकाले तीजको कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय दाङको आग्रह

दाङः विशेष कार्यक्रमको नाममा तडकभडक र खर्चिलो तरिकाले तीजको कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले खर्चिलो तथा भड्किलो तरिकाले तीज विशेष कार्यक्रम नगर्न जिल्लावासीहरूमा अनुरोध गर्नु भएको हो । सामाजिक अनुशासन कायम गर्न राजनीति दल, नागरिक समाज, पेशागत सङ्घ नागरिक समाज संचारकर्मी, महिला सञ्जाल लगायतका संस्थाहरुलाई सहयोग गर्न अनुरोध समेत गरिएको छ।

पछिल्ला वर्ष तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला तथा भड्किला कार्यक्रम गर्ने परिपाटी मौलाउँदै गएको छ। त्यसले विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको भन्दै प्रशासनले जिल्लावासीलाई सचेत बनाएको हो।

प्रशासन कार्यालयले सूचना विपरीत गरेगराएमा सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली २०३३ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने/गरिने समेत जनाएको छ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको