Chauthoanga - Nepali News Media
लुम्बिनी प्रदेश सरकारले मनायो संविधान दिवस, ‘अधिकार प्राप्ती नहुँदा कार्यान्वयनमा समस्या’ : मुख्यमन्त्री चौधरी


दाङ - लुम्बिनी प्रदेश सरकारले संविधान दिवस भव्यताका साथ मनाइएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा विविध कार्यक्रमको आयोजना गरि संविधान दिवस मनाइएको हो ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले निदृष्ट गरेका अधिकारहरु कार्यान्वनमा नआउँदा जटिलता आइरहेको बताउनुभयो । उहाँले  संविधानले तोकेको अधिकार केन्द्रले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नखोजेको जिकिर गर्नुभयो । यसले गर्दा संघीयता कार्यान्वयनमा समस्या रहेको तर्क मुख्यमन्त्री चौधरीको छ । संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख विषय रहेको उहाँले बताउनुभयो ।  

मुख्यमन्त्री चौधरी1695196619.jpg
उहाँले संविधान कार्यान्वयन गर्न केन्द्र सरकारले बाधा पुर्यायइरहेको दावी गर्दै अधिकार बाँडफाँट संविधान अनुसार हुनुपर्ने र त्यो शिघ्र कार्यान्वयनमा जानु पर्ने बताउनुभयो ।  ‘म आज पनि भन्छु, संघीयता फेल भयो भने, हाम्रो कारणले हुँदैन, त्यो केन्द्र सरकारकै कारणले हुन्छ’ उनले भने,—‘अधिकार बाँडफाँटमा संकुचित हुनुभएन, जे-जे लेखिएको छ त्यही अनुसार काम गर्न पाउनुपर्छ ।’ संविधान पूर्ण कार्यान्वयनको लागि संघीयताकार्यान्वयन र हुनु पर्ने र त्यो अधिकारमा जोडिएको उहाँको भनाई छ ।  
मुख्यमन्त्री चौधरीले संविधानमा सबैको भावना समेटिएको भन्दै भाषा, धर्म, संस्कृतीको संरक्षण गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर, यसको कार्यान्वयन सहज रुपमा हुन नसकेको तर्क गर्नुभयो । उहाँले प्रदेश सरकारलाई अधिकार समपन्न गराउन केन्द्रसंग आग्रह समेत गर्नुभयो ।  संविधान कार्यान्वयन गर्न सबै निकायहरू विचमा समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।  संविधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।तर, प्रदेशले गरेको प्रतिबद्धता पूरागर्न केन्द्रको मुख ताक्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने उहाँको भनाई छ । 
झाँकीसहितको उत्सव
प्रदेश सरकारले संविधान दिवसलाई उत्सवको रुपमा मनाएको छ । विभिन्न जातजातीका कला संस्कृती प्रदर्शन गरेर दिवस मनाइएको छ । थारु, मगर, अवधी समुदायको कलासंस्कृती प्रस्तुत गरिएको हो । महिलाहरुले पञ्चेबाजा बजाए भने, थारु महिलाहरुले झुमरा नाच प्रस्तुत गरेका छन्।
अवधी कला संस्कृती अन्तरगत बाजा बजाएर नाच प्रस्तुत गरिएको छ । राप्ती गाउँपालिका र गढवा गाउँपालिकाबाट झाँकी प्रस्तुत गरिएको थियो। यस्तै स्काउट विद्यार्थीहरूले झाँकी प्रस्तुत गरेर दिवसलाई उत्सवमय बनाए ।

 

 

 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको