Chauthoanga - Nepali News Media
देशका धेरै ठाउँमा झरी, भाेलिदेखि माैसम सुधार हुने

काठमाण्डाै - देशका केही ठाउँमा गएरातिदेखि नै लगातार झरी परिरहेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखिको झरी रोकिएको छैन ।

दाङ सहित देशका धेरैजसो ठाउँमा झरी पर्ने मौसमविद् लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।

गएराति पाल्पा र आसपासका क्षेत्रमा धेरै वर्षा भएको छ । ती क्षेत्रमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्दै जाने मौसमविद्को अनुमान छ । यसपालि मनसुनको अन्तिमतिर झरी परेको हो । बाहिरिने समयमा मनसुन फेरि सक्रिय भएको हो ।

सामान्यतया नेपालमा अक्टोबर २ तारिखमा मनसुन बाहिरिने गर्छ ।  आज अक्टोबर चार तारिख हो । यसपालि एक हप्ता ढिलो गरी मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद्को भनाइ छ । 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको