Chauthoanga - Nepali News Media
दाङको बंगलाचुलीमा एकदिने कान स्वास्थ्य शिविर सम्पन्न ,१ सय ३८ जनाले लिए सेवा

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिका मा एकदिने कान शिविर सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिकाको आयोजना वि.एन. सामुदायिक कान उपचार सेवा नेपालगन्जको सहयोगमा कान उपचार शिविर सम्पन्न भएको हो । बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तथा लोहारपानी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष लीला बहादुर घर्तिको अध्यक्षता एवं बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनमगरको प्रमुख आथित्यमा कान शिविर सम्पन्न भएको हो । शिवीरमा १ सय ३८ जनाले सेवा लिएका छन् ।

जसमा २२ जनाको कानको शल्यक्रियाका लागि रेफर गरिएको छ । ६ जनाको कान सुन्ने मेसीन लगाईएको छ । सो अवसरमा बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जिसी, वडा नम्बर ६ का अध्यक्ष एवं बंगलाचुली गाउँपालिका सामाजिक विकास समितिका संयोजक डोम बहादुर केसी, व्रिटेन नेपालका प्रमुख डाक्टर निलवेयर,वरिष्ठ स्वास्थ्य अधिकृत राम कुमार बोहोरा लगाएतले बोल्नुभएको थियो ।

सो कार्यक्रममा व्रीटेन नेपालका सदस्य रन्जना बुढाथोकी,डाक्टर विशाल कोईराला,अस्पताल व्यवस्थापन समितिका सदस्य जित बहादुर वली लगाएतको सहभागिता रहेको थियो । बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नेव बहादुर केसीको स्वागत मनतव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण लोहारपानी स्वास्थ्य शाखा प्रमुख दिलिप बाँठामगरले गर्नुभएको थियो ।

 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको