Chauthoanga - Nepali News Media
संचार, सूचना तथा प्रविधिको प्रयोग सहज जीवन उपयोगी बन्नुपर्छ : अध्यक्ष पुन 

कमिरेचौर  - बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन (सुवास)ले संचार , सूचना तथा प्रविधिको विकास सहज जीवन उपयोगी बन्नुपर्ने बताउनुभएको छ । स्वच्छ नेपालको आयोजना तथा नेपाल टेलिकमको आर्थिक सहयोगमा संचालित संचार, सूचना तथा प्रविधि विकासमा किशोर–किशोरी तथा युवा–युवतीहरुको पहुँच विषयक एकदिने सचेतना मूलक कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष पुनले यस्तो बताउनुभएको हो । 

स्च्वच्छ नेपालकी अध्यक्ष बिन्दु गिरी आचार्यका अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पुनले बढ्दो संचार , सूचना प्रविधिको विकासको सही सदुपयोगले दैनिक जीवनलाई सहज बनाउने भएपनि दुरुपयोग मानव अधिकारीलाई जोखिममा पार्न सक्ने बताउनुभएको थियो । जसकाले संचार , सूचना तथा प्रविधिको सही प्रयोग नै आजको आवश्यकता रहेको बताउनुभएको थियो । कार्यक्रममा बंगालचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले बढ्दो संचार, सूचना तथा प्रविधिको विकाससँगै यसको दुरुपयोगको जोखिम समेत देखा पर्दै गईरहेको बताउनुभएको छ । 

जसका कारण प्रविधिको प्रयोग सजतापूर्वक गर्नुपर्नेमा उहाँको भनाई रहेको थियो । कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रवक्ता तथा वडा नं. ३ वडाध्यक्ष शोभाराज विश्वकर्मा, वडा नं. ४ की वडा सदस्य मिना परियार, निमित्त प्रमुख प्रशासकिय अधिकृत लुमाकान्त कालाथोकी , रेडियो बंगलाचुली स्टेशन म्यानेजर जीवन नेपाली, कार्यक्रममा प्रशिक्षक नेपाल टेलिकम घोराही शाखाका प्रमुख माधव खनाल, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतम लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको